This is default featured post 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured post 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured post 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured post 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured post 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
Friday, January 28, 2011
गन्टे मुला र फर्सी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhNCZ7jLp4ESyLOejNzGD7rplU6SaffcFzgb3uAeQsozaDF-aW94PHGoF_z0aEz8p321XmM2U6u4ue-NZbBgAltRTOKWSsgRe7_s4IgN2xoQ6jA5qrReP_rEaiiwljAvQp_qPNIkaVdj5Y/s400/gantemula.jpg)
१.
फर्सी : ओइ गान्टेमूला तिमी आफ्नो सैलुनमा किन भूतप्रेतको किताबहरु राख्छौ?
गान्टेमूला : किनकि ती किताबहरु पढेपछि ग्राहकहरुको रौ ठाडो ठाडो हुन्छ र मलाई काट्न सजिलो हुन्छ।
२.
गान्टेमूला : ओइ फर्सी, भन त अहिले यहा अचानक २० हातको बाघ आयो भने तिमी के गर्छौ?
फर्सी : कस्तो उल्लु रहेछ भने.. २० हातको बाघ आयो भने जे जे गर्नुछ त्यहि बाघले गरिहाल्छ नि, मैले के गर्नु?
३.
गान्टेमूला : ओइ फर्सी बर्बाद भयो, पेट्रोल नै सकियो, अब हामी अगाडि जान सक्दैनौँ।
फर्सी : अगाडि जान सकिँदैन भने जाम न त घर नै।
४.
फर्सी : तपाईले थाहापाउनु भयो, इन्डियामा एकजनाले साइकलसँग आफ्नो श्रीमती साटेछ नि।
गान्टेमूला : म त मोटरसाइकल भन्दा घटिमा त मरे पनि साट्दिन।
५.
गान्टेमूला : ओइ फर्सी पानी अझै तता छैन? छिटो पानी तता नत्र!
फर्सी : नत्र, के नत्र?
गान्टेमूला : चिसै पानीले नुहाउँछु नत्र
६.
गान्टेमूला :थाछ थाछ फर्सी मैले हिजो ५ वटा झंगा मारेनी, त्यो पनि २ वटा भाले र ३ वटा पोथी।
फर्सी : अनि तिमीलाई भाले र पाथी भनेर कसरी था भयो नि!
गान्टेमूला : त्यति, पनि थाहा हँुदैन त, २ वटा चुरोटको बट्टामा बसेका थिए अनि ३ वटा ऐनामा।
७.
गान्टेमूला : हैन, फर्सी तिमीले त्यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुबाले गाली गर्नु हुन्न?
फर्सी : अहँ, तर आमाले चँही साहै्र गाली गर्नु हुन्छ।
गान्टेमूला : लौ, बुबाले चाहि केही नभन्ने, आमाले चाहि किन नि!
फर्सी : किनकि, आमाले आफ्नो लुगा अरुले लगाएको मनपराउनुहुन्न।
८.
गान्टेमूला : ओइ फर्सी हेर न मेरो दात धेरै नै दुख्यो।
फर्सी : म भए उहिल्यै निकाली सक्थे।
गान्टेमूला : हो त, तिम्रो दँात भए म पनि झारिसक्थे।
९.
फर्सी : गान्टेमूला मलाई एउटा कार किन्देउ न,
गान्टेमूला : किन फर्सी? तिम्रो २ खुट्टाको के काम नि?
फर्सी : त्यो त कारमा बे्रक लगाउनलाई हो।
१०.
गान्टेमूला : ओइ फर्सी तिमीले ग्लासमा चिया किन छाडेको हँ?
फर्सी : भाडउ माझने लाई टिप्स् छोडीदिएको क्या!
११.
फर्सी : अोई गान्टेमूला तिमी त अंगे्रजीमा निकै जान्ने छौ, भन त 'उकालोलाई' अंग्रेजीमा के भन्छन्?
गान्टेमूला : हि ब्ल्याक
फर्सी : कसरी?
गान्टेमूला : 'हि' माने ऊ र 'ब्ल्याक' माने कालो भएन त उकालो।
१२.
गान्टेमूला : युधिष्ठिरले पनि जुवा, तास खेल्थे तर तिमी मलाई किन रोक्छेउ?
फर्सी : ल रोक्दिन म। तर याद राख द्रौपतिका पनि ५ पति थिए।
१३.
गान्टेमूला : हैन, ऐ फर्सी तिमी पनि गोरो म पनि गोरो तर छोरो चँाही किन यस्तो कालो होला?
फर्सी : डार्लिङ म पनि हट तिमी पनि हट, बच्चा जल्यो होला नि!
१४.
फर्सी : गान्टेमूला तिमीले झुट समात्ने मेसिन देखेका छौ?
गान्टेमूला : देखेको मात्र हैन, मेरो घरमा नै छ।
फर्सी : हो र!
गान्टेमूला : हो नि मैले त्यही मेसिनसँग बिहे गरेको छु।
१५.
फर्सी : तिमी बिहे पछि चुरोट पिउन छोड्छौ?
गान्टेमूला : किन नछोड्नु, अवश्य पनि छोड्छु।
फर्सी : खसी र तास नि?
गान्टेमूला : त्यो पनि छोड्छु।
फर्सी : बिहे अघि चँाहि के छोड्ने बिचार गरेका छौ नि?
गान्टेमूला : तिमीलाई
१६.
फर्सी : गान्टेमूला अब म रामसँग बिहे गर्न सक्दिन।
गान्टेमूला : किन तिमीले रामलाई अर्कै केटिसँग देख्यौ?
फर्सी : हैन, रामले मलाई अर्कै केटासँग देख्यो।
१७.
फर्सी : के तिमी मलाई सँाच्चै प्रेम गर्छौ, गान्टेमूला
गान्टेमूला : हो फर्सी, म तिमीलाई सँाच्चै प्रेम गर्छु। मैले हिजो मात्रै आफ्नो लिस्ट चेक गरेको थिए।
१८.
गान्टेमूला : थाहा छ फर्सी, डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि १ महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याई दिनेछ।
फर्सी : हो र? अनि के उसले सँाच्चै सक्यो त यस्तो गर्न?
गान्टेमूला : अँ, उसको बिल तिर्नको लागी मलाई आफ्नो कार बेच्नुपर्यो।
१९.
गान्टेमूला : फर्सी..फर्सी आज मैले रेखा थापासँग कुरा गरे नि!
फर्सी : हो र? मलाई विश्वास नै लागेन।
गान्टेमूला : भगवान् कसम कुरा गरेकै हो।
फर्सी : ल ल ठीकै छ, अनि उसले के भनि त?
गान्टेमूला : रङ नम्बर..
२०.
फर्सी : गान्टेमूला तिमी कसरी पक्राउमा पर्यौ?
गान्टेमूला : एक बिहानै सपिङ गरेर..
फर्सी : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि!
गान्टेमूला : पसल खोल्नु भन्दा अगाडि।।
२१.
गान्टेमूला : तिमीलाई थाहा छ गान्टेमूला, ए.सि. चलाउँदा कोठाको 137याल र ढोकाहरु किन बन्द गरिन्छ?
गान्टेमूला : किन थाहा नहुनु, बाहिरको मान्छेहरुले ए.सि.को आनन्द नलिउन भनेर।
२२.
फर्सी : के हो गान्टेमूला, लाज लाग्दैन रातभर छाडा साँढे जस्तो भएर अहिले चँाहि के खान आएको नि!
गान्टेमूला : (नम्र हँुदै) नास्ता
२३.
फर्सी : गान्टेमूला तिमी मलाई बोलाउँदा मेरो नाम काटेर नबोलाऊ न, हिजोआज छोराछोरीले पनि मलाई बोलाउँदा नाम काटेर बोलाउँछन्।
गान्टेमूला : (रिसँाउदै) म के गरुँ त, म पनि तिमीलाई छोराछोरी जस्तै आमा भनेर बोलाउँ त?
२४.
फर्सी : हेर गान्टेमूला, जुवा तास खेल्नु हुँदैन, यो राम्रो कुरा होइन। यो यस्तो चिज हो कि आज जित्यौ भने, भोली हार्छौ, पर्सी जित्यौ भने त्यसको भोलिपल्ट हार्छौ।
गान्टेमूला : फर्सी, मैले अब बुझसके। अब म जुवा तास दिन बिराएर खेल्छु।
२५.
फर्सी : ए गान्टेमूला, ल भन त स्कूल र गर्लस् कलेजमा के फरक छ?
गान्टेमूला : त्यति जाबो, 'स्कूलको बाहिर स्कूल एरिया बिस्तारै हँाक्नुस्' भनेर लेखिएको हुन्छ तर गर्लस् कलेजको बाहिर पुगेपछि सबै गाडीहरु आफै बिस्तारै जान्छन्।
२६.
गान्टेमूला : फर्सी, तिमीलाई एउटा कुरा भनुँ?
फर्सी : भन न ..
गान्टेमूला : म के भनुँ, फर्सी फूल हो भनु भने त्यसमा कँाडा छ, चन्द्रमा हो भनँु भने त्यसमा दाग छ, बँादर भनँु भने त्यसमा दिमाग छ।।
२७.
गान्टेमूला : फर्सी हेर न, यो गुलाबाको बोट रोपेको एक हप्ता भईसक्यो तर यसको जरा अहिलेसम्म निक्लेको छैन।
फर्सी : तर तिमीलाई कसरी थाहा भयो गान्टेमूला?
गान्टेमूला : किनकि म यसलाई सधैँ उखलेर हेर्छु।